इरिक्सन प्रिमियर लिग क्लब ब्रेन्टफोर्डमा आबद्ध

File photo
File photo

इंग्लिस क्लब ब्रेन्टफोर्डले डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिक्सनलाई ६ महिनाका लागि अनुबन्ध गरेको छ।

युरो कप २०२० खेलका क्रममा मैदानमा अचेत भई लडेका क्रिष्टियन त्यसयता कुनै क्लबसँग पहिलोपटक जोडिएका हुन्। टोटनहमका पूर्वखेलाडी समेत रहेका इरिक्सन सात महिनापछि फुटबलमा पुनरागमन गर्न लागेका हुन्। २९ वर्षीय इरिक्सनले सन् २०२१-२२ को अन्त्यसम्म सम्झौता गरेको ब्रेन्टफोर्डले जनाएको छ। कार्डियोभर्टर  डिफिब्रिलेटर आईसीडी जडान गरिएपछि इरिक्सन सिरी ए क्लब इन्टर मिलानमा सम्झौता नवीकरण गर्न असफल भएका थिए। म फेरि इरिक्सनसँग काम गर्न उत्साहित छु। उनी प्रिमियर लिगकै एक उत्कृष्ट मिडफिल्डर हुन्,’ब्रेन्टफोर्डका म्यानेजर थोमस फ्राङ्कले भनेका छन्। यसअघि इरिक्सनले टोनटहमबाट २२६ खेल खेल्दा ५१ गोल गरेका थिए। उनी सात वर्ष टोटनहममा रहे। पछिल्लो पटक उनले इन्टर मिलानमा ४३ खेल खेल्दा चार गोल गरेका थिए। डेनमार्कका लागि १०९ खेलमा ३६ गोल गरेका छन्।
 
 

प्रकाशित मिति: : 2022-01-31 16:14:00

प्रतिकृया दिनुहोस्