मरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल १-० ले विजयी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको तनावपूर्ण खेलमा नेपालले मरिससलाई हराउँदै विजयी भएको हो। खेलको १०औं मिनेटमा सुजल श्रेष्ठले गोल गरेका थिए।
यस जितसँगै नेपालले मरिससविरुद्ध लगातार दोस्रो जित निकाल्न सफल भएको छ।
शनिबार भएको पहिलो मैत्रीपूर्णमा नेपालले मरिससलाई १(० गोल अन्तरले हराएको थियो। नेपालको जितमा विमल घर्तिमगरले निर्णायक गोल गरेका थिए।