मैत्रीपूर्ण खेलका लागि नेपाल आएको अफ्रिकी मुलुक मौरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रीभोज आयोजना गरिएको थियो। नेपाल-मौरिसस बिजनेस काउन्सिलले मौरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रिभोजका साथै सम्मान गरेको हो। कार्यक्रममा नेपालका लागि मौरिससका महावाणिज्यदूत गणेश कार्की समेत थिए।
महावाणिज्यदूत कार्कीले नेपालमा मौरिसस फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै खुसी लागेको भन्दै यस कार्यले नेपाल-मौरिससबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत हुने र दुई देशबीच खेल, पर्यटन र भाईचारा विकास हुने बताए। उनले विश्वनै कोभिड महामारीमा रहेको बेला देखाएको सद्भाव अविस्मरणीय रहने पनि बताए। आगामी दिनमा पनि कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटनलगायत क्षेत्रको विकास गर्न सफल हुने विश्वास व्यक्त गरे।