जुम्लामा हिमपात, जनजीवन कष्टकर [तस्विरहरू]

जुम्लामा  पुनः हिमपात भएको छ। बिहिबार साँझदेखि सुरु भएकाे हिमपात अहिले पनि जारी छ।

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भइसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ। चिसोका कारण जनजीवन प्रभावित बनेको छ।

याे वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हाे। हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ।

जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ। लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउ जमेको छ।

हिमपातका कारण जुम्लामा बत्ती र  इन्टनेट सेवा पनि अवरुद्ध भएको छ। चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए।

जुम्लामा स्याउ लगाउने  र स्याउका बिरुवा काँटछाट गर्ने समय भएकाले किसानका लागि भने सहज भएकाे छ।

प्रकाशित मिति: : 2022-02-04 08:48:00

प्रतिकृया दिनुहोस्