३ अर्ब खर्चेर फराक पारियो सडक, पुल बनाउन भने सकस

आयोजना भन्छ– समयमै बजेट नपाउँदा निर्माणमा ढिलाइ भयो

सेतोपाटी

राजेश घिमिरे

नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार भएको दुई वर्ष भयो। करिब तीन अर्ब रूपैयाँ खर्चिएर सडक फराकिलो बनाइए पनि पुल निर्माणको काम भने अझै सकिएको छैन।

यो सडकमा पर्ने १९ वटा पुलमध्ये चार वटाको काम पूरा भएको छ। बाँकी १५ वटामध्ये अहिले दस वटा निर्माण भइरहेका छन्। यीमध्ये केही अन्तिम चरणमा छन्। चार वटाको भने निर्माण सुरू नै भएको छैन।

'नारायणगढ–मुग्लिन, नागढुंगा–मुग्लिन सडक आयोजना' का अनुसार निर्माण सुरू हुन बाँकी चार पुलमध्ये दुइटाको काम निकै कठिन छ। मुग्लिनबाट नारायणगढतर्फ अघि बढेपछिको पहिलो खोला खहरे, त्यसपछिका चिसेन्जी, तुइन र कालीखोलाको पुल निर्माण सुरू हुन सकेको छैन। 

यीमध्ये चिसेन्जी र तुइन खोलामा भौगोलिक समस्या देखिएको आयोजनाले जनाएको छ।

यी दुई खोलामा हाल धेरै साँघुरा पुल छन्, ठूला गाडी दुईतर्फी चल्दैनन्। साँघुरो पुलमा रातको समयमा दुर्घटना पनि हुने गरेको छ। 

यी दुईमध्ये पनि तुइन खोलामा पुल बनाउन सबैभन्दा ठूलो समस्या रहेको आयोजना प्रमुख किरण कार्कीको भनाइ छ। 

प्रकाशित मिति: : 2022-02-04 11:31:00

प्रतिकृया दिनुहोस्