थप २५२६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा गरिएको नमूना परीक्षणमा २ हजार ५२६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी पछिल्लो २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ भने ८ हजार ४२५ जना संक्रमणमुक्त भएकाे मन्त्रालयले जनाएकाे छ।

हाल देशभर ५६ हजार ४५७ संक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-02-04 15:51:00

प्रतिकृया दिनुहोस्