अफ्रिकी कप अफ नेसन्सको उपाधिका लागि आज आइतबार राति सेनेगल र इजिप्ट एक अर्काविरुद्ध मैदान उत्रदै छन्।दुबै मुलुक एकआपसमा उपाधिका लागि मैदान उत्रदा चर्चा भने इंग्लिस क्लब लिभरपुलको भइरहेको छ। लिभरपुलका स्ट्राइकरद्वय मोहम्मद सलाह र साडियो माने फाइनलमा एकअर्काका प्रतिद्वान्दीको रुपमा छन्।
सात पटकको च्याम्पियन इजिप्ट प्रतियोगिताको सर्वाधिक सफल टोली हो भने सेनेगल साविक उपविजेता हो। सेनेगल पछिल्लो संस्करणको फाइनलमा अल्जेरियासँग १-० ले पराजित भएको थियो।ओलम्बे स्टेडियममा हुने खेल नेपाली समयअनुसार पौने १ बजेदेखि सुरु हुनेछ। सेनेगलले सन् २००२ र २०१९ मा दुई पटक फाइनलमा हार बेहोरेको थियो। यता, इजिप्ट सन् २०१० पछि दोस्रो पटक उपाधि उचाल्न चाहन्छ।लिभरपुलबाट आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिइरहेका माने र सलाह सन् २०१८र१९ को च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका महत्वपूर्ण खेलाडी थिए। दुबै टोली हाल लिभरपुलका प्रमुख खेलाडीसमेत हुन्। यसअघि अन्तिम चारको खेलमा सेनेगलले बुर्किना फासो र इजिप्टले क्यामरुनलाई पराजित गरेको थियो।