आठ महिनापछि स्वदेश फर्कदै सावित्रा

कतारको अस्पेटार अस्पतालमा उपचाररत नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भन्डारी (साम्बा) मंगलबार स्वदेश फर्किने भएकी छिन्। 

सावित्रा करिब आठ महिनाको उपचारपछि नेपाल फर्किन लागेकी हुन्।

विभागिय एपीएफ फुटबल क्लबबाट घरेलु लिग खेल्ने सावित्रा गत फागुन तीन गते राष्ट्रिय महिला लिगअन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलमा घाइते भएकी थिइन्।

दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको कारण उनको उपचार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहलमा कतारमा भएको हो।

सावित्रा असार १२ गते उपचारका लागि कतार गएकी थिइन्। 

प्रकाशित मिति: : 2022-02-07 19:48:00

प्रतिकृया दिनुहोस्