श्रीलंकाविरुद्धकाे टी-२० शृंखलामा अष्ट्रेलिया विजयी

File photo
File photo

श्रीलंकाविरुद्धको टी-२० शृंखलाको पहिलो खेलमा अस्ट्रेलिया डिएलएस पद्धतिका आधारमा २० रनले विजयी भएको छ। शुक्रबार सिड्नी क्रिकेट रंगशालामा श्रीलंकाले सुरुमा १४९ रनको लक्ष्य पाएको थियो।

 तर, १४.५ ओभरमा ८९ रन बनाएर खेलिरहँदा पानी परेपछि श्रीलंकाले डिएलएस पदद्धितमा १९ ओभरमा १४३ रनको लक्ष्य पाएको थियो। यद्यपि, पुनः निर्धारित १९ ओभरमा श्रीलंकाले आठ विकेट गुमाएर १२२ रनमात्र जोड्न सक्यो।श्रीलंकाका ओपनर पथुम निसाङ्काले सर्वाधिक ३६ रन बनाए। यसबाहेक दीनेश चन्डिमलले २५, चरिथ असलङ्काले १६ र वनिन्दु हसरंगाले १३ रन जोडे।

यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो।अस्ट्रेलियाका बेन म्याकडेरमोटले अर्धशतकीय इनिङ खेले। म्याकडेरमोटले ४१ बलमा दुई चौका र तीन छक्कासहित ५३ रन बनाए यस्तै मार्कुस स्टोइनिसले ३० रन जोड्दा जोस इङ्लिसले २३ रन बनाए।

श्रीलंकाका वनिन्दु हसरंगाले तीन विकेट लिए। यस्तै, दुस्मान्था चमिरा, बिनारा फर्नान्डो र चमिका करुणारत्नेले समान दुई विकेट हात पारे।श्रीलंका पाँच टी-२० क्रिकेट शृंखलाको लागि अस्ट्रेलिया भ्रमणमा आएको हो। 
 

प्रकाशित मिति: : 2022-02-12 12:11:00

प्रतिकृया दिनुहोस्