थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ६ हजार ६५४ जनामा गरिएको नमूना परीक्षणमा ८३६ संक्रमण पुष्टि भएको हो।

त्यसैगरी सोही अवधिमा १८२६ जना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ।

हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-02-12 17:02:00

प्रतिकृया दिनुहोस्