सहिद स्मारक ए डिभिजन लिग : एनआरटी र हिमालयनले अंक बाँडे

file photo
file photo

गोलरहित बराबरी खेल्दै न्युरोड टिम एनआरटी र हिमालयन शेर्पा क्लबले सहिद स्मारक ए डिभिजन लिगमा अंक बाढेका छन्।आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो खेलमा गोलरहित बराबरी खेल्दै दुवै टोलीेले एक एक अंक बाँडेका हुन्। 

खेलमा एनआरटीको तुलनामा शेर्पाले आक्रमणमा दबाब बढाएको थियो। तर फिनिसिङमा भने शेर्पा चुक्न पुग्यो ।बराबरीसँगै एनआरटी १० खेलमा १४ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। समान अंक भएपछि गोलअन्तरका आधारमा संकटा तल झर्‍यो।

ह‍िमालयन शेर्पा समान खेलबाट १२ अंकसहित आठौं स्थानमा छ। जारी लिगमा १० खेलबाट २६ अंक बनाएको मछिन्द्र दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबभन्दा ६ अंकले अगाडि रहँदै उपाधि नजिक रहेको छ।यस्तै रेलिगेसन जोनमा भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) छन्। 
 

प्रकाशित मिति: : 2022-02-13 15:34:00

प्रतिकृया दिनुहोस्