पोखरामा रेवान भेट्रान्स टेनिस प्रतियोगिता हुने

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिता–२०७८ हुने भएको छ। 

३५ वर्षमाथि सिनियर भेट्रान्स तथा भेट्रान्स विगिनर गरी दुई वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजक संघका सचिव नविन श्रेष्ठले जानकारी दिए।

नवप्रवेशितर्फको भेट्रान्स प्रतिस्पर्धा फागुण ८ देखि हुनेछ। त्यस्तै फागुन १० देखि सिनियर तर्फको प्रतिस्पर्धा शुरु हुनेछ। नवप्रवेशितर्फका सेमिफाइनलिष्टले सिनियरतर्फको मुख्य प्रतिस्पर्धामा भाग लिन पाउने आयोजक संघले जनाएको छ। 

प्रतियोगितामा खुल्ला एकलतर्फका विजेताले नगद १५ हजार तथा दोश्रो हुनेले नगद ७ हजार ५ सय सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन्।

डबल्सतर्फ विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन्। नवप्रवेशितर्फका विजेता र उपविजेताले ट्रफि पुरस्कार प्राप्त गर्नेछन्। फागुन १४ सम्म चल्ने प्रतियोगिताका लागि आयोजक संघले शक्ति शर्मालाई टुर्नामेण्ट डाइरेक्टरमा चयन गरेको छ।

रेवानले यो प्रतियोगितालाई वार्षिक कार्यक्रममा राखेको छ। प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिंदै राष्ट्रिय स्तरको बनाइने रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए। खेलकुदकामार्फत पर्यटन प्रवद्र्धनका लागि टेनिसलाई सहयोग गरेको उनको भनाई छ।

प्रकाशित मिति: : 2022-02-17 21:07:00

प्रतिकृया दिनुहोस्