आजबाट भक्तपुर कप फुटबल प्रतियोगिता

File Photo
File Photo

युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ। प्रतियोगिताको उदघाटन दिउँंसो १ बजे हुनेछ। पहिलो खेल भने दिउँंसो २ बजे गर्ने आयोजकले जनाएको छ।  

उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने छ। प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ। आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए। प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। पहिलो हुने टिमलाई नगद एक लाख १५ हजार र दोस्रो हुने टिमलाई नगद ५५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ । 

साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि अवार्ड दिने योजना छ।प्रतियोगितामा काठमाडौ, भक्तपुर, लतिलपुर, काभ्रेलगायतबाट १६ वटा टिमले सहभागिता जनाएका छन् । शनिबार तीनवटा खेल हुनेछ। 

प्रकाशित मिति: : 2022-02-18 13:49:00

प्रतिकृया दिनुहोस्