थपिए ३१२ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ आएको हो।

सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार थप दुई जनाको मृत्यु भएको छ।

आज थपिएका सँगै हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-02-23 17:15:00

प्रतिकृया दिनुहोस्