रूसी हमलामा २४० सर्वसाधमरण हताहतः राष्ट्रसंघ

[Sergey Dolzhenko/EPA]

युक्रेनमा भएको रूसी हमलामा कम्तिमा २४० सर्वसाधरणको हताहत  भएको राष्ट्रसंघले जनाएको छ।

रूसी सेनाले युक्रेनका विभिन्न सहरहरूमा हमला गरिरहेको छ। राष्ट्रसंघका लागि मानवअधिकारसम्बन्धी उच्च आयुक्त (ओसीएचसीआर) ले युक्रेन हमलामा कम्तिमा २४० सर्वसाधारणको हताहत भएको जनाएको छ। 

घरहरू र महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकोले सयौं मानिसहरू पानी र बिजुलीबाट बन्चित भएको ओसीएचसीआर जनाइएको छ। राष्ट्रसंघका अनुसार १ लाख ६० हजार युक्रेनी आन्तरिक रूपमा विस्थापित भएर अन्तर्राष्ट्रिय सीमा पार गर्न लागिरहका छन्। 

रूसी हमलामा ५० लाख मानिस शरणार्थी बन्न सक्ने युक्रेन सरकारको अनुमान छ। राजधानी किभभन्दा बाहिरी सहरमा रहेको भासीलकिभस्थिते तेल डिपो रूसी आक्रमणमा प्रभावित भएको छ। 

गोलाबारी र बम हमलामा क्षतिग्रस्त सो डिपोबाट विषालु धुँवा निस्किरहेको भन्दै राष्ट्रसंघले मानिसहरूलाई घरभित्रै बस्न आह्वान गरेको छ। राजधानी किभका बासिन्दाहरू यसअघि नै ज्यान जोगाउन भूमिगत आश्रयमा शरण लिइरहेका छन्।

प्रकाशित मिति: : 2022-02-27 09:26:00

प्रतिकृया दिनुहोस्