जब यी सुन्दरी बन्दुक बाेकेर देशकाे रक्षाकाे निम्ति रुसविरूद्धकाे लडाइँमा हाेमिइन्

photo:Instagram
photo:Instagram

एक सौन्दर्य रानी अर्थात् पूर्व मिस ग्राण्ड अनास्तासिया लेना युक्रेन–रूस जारी युद्धमा सहभागी भएकी छिन्। उनले आफू र युक्रेनीहरूकाे रक्षाकाे लागि रूसविरूद्धकाे युद्धमा सहभागी भएकाे सामाजिक सञ्जाल मार्फत् जानाकारी जराएकी हुन्।

‘आक्रमण गर्ने मनसायले युक्रेनी सीमा पार गर्ने सबैलाई मारिनेछ,’ सिपाहीहरूकाे साथमा रहेकाे फाेटाे सार्वजनिक गर्दै उनले इन्स्टाग्रममा भनेकी छिन्।

उनले आफ्ना ७५ हजार फलोअर्सलाई युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग हिंडिरहेका सैनिकहरू देखाइएको फोटो पनि सेयर गर्दै भनेकी छिन्,‘एक साँचो र बलियो नेता।’

बुधबार आक्रमण सुरु भएदेखि मोडेलले आफ्नो इन्स्टाग्राममा युक्रेनी सशस्त्र बलहरूलाई समर्थन र चन्दा माग्दै पोस्टहरू गरिरहेका छन्।

रूसले युक्रेनमा हमला गर्न थालेपछि त्यहाँका १८ वर्षदेखि ६० वर्ष उमेरका सबैजसाे मानिसहरू युद्धमा हाेमिएका छन् भने त्यतिकै संख्यामा युक्रेन छाडेर भाग्नेहरू पनि रहेका छन्।

प्रकाशित मिति: : 2022-02-28 06:42:00

प्रतिकृया दिनुहोस्