वर्दिबासमा पहिलोपल्ट मेयरगोल्ड कप हुने

File photo
File photo

बर्दिबास नगरपालिकाले प्रथम मेयर गोल्डकप प्रतियोगिता आयोजना गर्ने भएको छ। नगरभित्रको लोकप्रिय खेल फुटवल प्रतियोगिता २५ फागुनदेखि सुरु हुने नगर खेलकुद विकास समितिले जनाएको छ।

बर्दिवास नगरपालिकाको खेलकुद शाखा नगर खेलकुद विकास समितिले आयोजना गरेको यो नगर कै पहिलो खेल हो।

मेयरगोल्डकप नामांकरण गरिएको यो फुटवल प्रतियोगीतामा अहिलेसम्म आठ जिल्लाका खेलाडीहरू सम्पर्कमा आएका छन्। अहिलेसम्म मकवानपुर, झापा, उदयपुर, बारा, धनुषा, सिरहा र सिन्धुली गरी आठ जिल्लाका खेलाडी सहभागी हुने निश्चित भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विष्णु बमजनले जानकारी दिए।

आयोजक टिमको तर्फवाट खेलाडी छान्ने प्रक्रिया अगाडि बढिरहेको उनको भनाइ छ। प्रतियोगिता सम्पन्न गर्न २० लाख खर्च हुने आयोजक पक्षले अनुमान गरेको छ।

प्रकाशित मिति: : 2022-02-28 13:20:00

प्रतिकृया दिनुहोस्