रुसी हमलामा ३५२ युक्रेनीको मृत्यु

File photo
File photo

किभ–युक्रेन द्वन्द्व बढिरहेका बेला ३५२ युक्रेनी सर्वसाधारण मारिएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ। मृत्यु हुनेमा १४ बालबालिका पनि छन्। रुसी हमलामा ११६ बालबालिकासहित १६८४ सर्वसाधारण घाइते भएका छन् तर, मन्त्रालयले युक्रेनी सेनातर्फ भएको क्षतिबारे भने केही सूचना दिएको छैन्। 

त्यस्तै, रुसी सेनाले पनि युद्धमा आफ्नो तर्फबाट पनि केही क्षति भएको जनाएको छ। रुसी सेनाले पहिलो पटक आफ्नोतर्फ क्षति भएको स्वीकारेको हो। युक्रेन आक्रमणमा आफ्ना केही सेना मारिएको बताए पनि कुनै तथ्यांक दिएको छैन्। युक्रेनले ४३ सय रुसी सैनिक मारिएको दाबी गरेको छ।

प्रकाशित मिति: : 2022-02-28 14:33:00

प्रतिकृया दिनुहोस्