बायोपिक नगर्ने मुडमा रणवीर ?

File photo
File photo

भारतीय अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्म ‘८३’ ले राम्रो व्यपार गर्न सकेन। हिन्दीसँगै तामिल, तेलुगुलगायतका भाषामा रिलिज भएको फिल्मले दर्शकको साथ पाएन। कवीर खानले निर्देशन गरेको फिल्ममा सन् १९८३ का भारतीय क्रिकेट टिमले जितेको विश्वकपको इभेन्टमा आधारित रहेर बनेको छ।

भारतीय क्रिकेट टिमलाई कप्तान कपिल देवले विश्वकप जिताएका थिए। फिल्ममा रणवीरले कपिल देवको भूमिका निभाएका छन् भने दीपिकाले कपिल देवकी पत्नी रोमी भाटियाको भूमिका निभाएकी छिन्।

पंकज त्रिपाठी फिल्ममा भारतीय त्रिकेट टिमका कोचको भूमिकामा देखिएका छन्। यीबाहेक फिल्ममा ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशान्त दहिया, साहिल खट्टर, अम्मी विर्क, अदिनाथ कोठारे, धैर्य करवा आर बद्रीलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्मले राम्रो कमाइ नगरेपछि रणवीरले बायोपिक फिल्ममा काम नगर्ने सोच बनाएका छन्। उनलाई अफर भएको मेघना गुल्जारको एक बायोपिकसमेत उनले नकारेका छन्। यसबाहेक उनले अन्य बायोपिकको कथा सुन्नसमेत नचाहेको खबर भारतीय मिडियामा छ। रणवीरका एक नजिकका सदस्यले यसलाई प्रस्ट्याउँदै अब उनले बायोपिक फिल्म नगर्ने मनसाय बनाएको जनाए।

‘रणवीरलाई पहिलोपटक कपिल देव लुक्समा देखाउँदा निकै चर्चा भयो। यद्यपि, फिल्म हलमा आउँदा त्यसको कमाल देखिएन, फिल्मलाई क्रिटिक्सले राम्रो भने तर दर्शक आएनन्। त्यसैले रणवीर निराश छन,’ ती सदस्यले भारतीय मिडियालाई प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: : 2022-03-02 12:58:00

प्रतिकृया दिनुहोस्