भोलोदिमिर जेलेन्स्की: हास्य कलाकार युक्रेनी राष्ट्रपति जो युक्रेन-रुस युद्धमा नायकका रूपमा उदाएका छन्

बिबिसी

स्टीभन मल्भी
GETTY IMAGES।
भोलोदिमिर जेलेन्स्कीले रुसले अतिक्रमण गर्नुअघि राति अबेर सम्बोधन गरेका थिए।

राजनीतिको कुनै पनि अनुभव नभएका हास्य कलाकार भोलोदिमिर जेलेन्स्की झन्डै तीन वर्षअघि युक्रेनको राष्ट्रपति बने। अहिले अकस्मात् उनी विश्वसनीय युद्धनायकका रूपमा उदाएका छन्।

उनले आफ्ना सम्बोधन र भिडिओ सेल्फीहरूका माध्यमबाट रुसी अतिक्रमणविरुद्ध विद्यमान युक्रेनी आक्रोशलाई सशक्त रूपमा प्रस्तुत गरिरहेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन झन्‌झन् अपत्यारिला बन्दै आएका छन् र उनले युक्रेनबाट भिन्न भएका डोनेट्स्क र लुहान्स्क गणतन्त्रमा युक्रेनले 'नरसंहार' मच्याएको आरोप लगाएका छन्। उनले युक्रेनलाई 'नाजीकरण' बाट मुक्त गर्नुपर्ने बताइरहँदा रुसी भाषा बोल्ने यहुदी परिवारका जेलेन्स्की शालीन, दृढ र प्रखर देखिएका छन्।

प्रकाशित मिति: : 2022-03-02 18:41:00

प्रतिकृया दिनुहोस्