एनएसएल अक्सन: ए डिभिजनका ८ क्लबको आपत्ति

File Photo
File Photo

सहिद स्मारक ए डिभिजन लिगका आठ क्लबले शुक्रबार हुन लागेको आसन्न नेपाल सुपर लिग (एनएसएल) को विरोध गरेका छन्।  

यसअघि पनि खेलाडीहरुको उपलब्धतालाई लिएर विज्ञप्ती जारी गरेका क्लबले आफूहरुसँग सम्झौतामा रहेका खेलाडीलाई एनएसएलको अक्सनमा राखेको भन्दै एन्फाको गम्भीर ध्यानाकर्षण सहित आपत्ति जनाएका हुन्।

विज्ञप्तीमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूहरुकाे मागप्रति चासो नदेखाएको पनि उल्लेख गरेका छन्।

ए डिभिजन लिगका आठ क्लबहरुले अक्सनका लागि एनएसएल आयोजकले आफूहरुसँग छलफल नगरेकाले छलफल हुनुपर्ने माग यधाशिघ्र सम्बोधन हुनुपर्ने माग गरेका छन्। यसो नभए यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार एन्फा नै हुने विज्ञप्तीमा उल्लेख छ। 

यस पटक एनएसएलमा १० क्लब रहनेछन्  । पहिलो संस्करणमा सात टोली रहँदा दोस्रो संस्करणमा तीन टोली थप गरिएको हो।

प्रकाशित मिति: : 2022-03-03 08:39:00

प्रतिकृया दिनुहोस्