चेल्सी र एस्टन भिल्लाको सहज जित

Photo - AP
Photo - AP

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्लाले सहज जित निकालेका छन्।

शनिबार राति भएकाे खेलमा चेल्सीले बर्नलीलाई ४-० अन्तरले हरायो। चेल्सीको जितमा काइ हाभर्ट्जले दुई तथा रीस जेम्स र क्रिस्चियन पुलिसिचले एक -एक गोल गरे।

जितसँगै चेल्सीले २६ खेलमा ५३ अंक जोडेर तेस्रो स्थानमा  छ। बर्नली २१ अंक जोडेर १८ औं स्थानमा  छ।

अर्को खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई ४-० ले हरायो। ब्रेन्टफोर्डले नर्विच सिटीलाई ३-१ अन्तर, क्रिस्टल प्यालेसले उल्भ्सलाई २-० तथा न्युकासलले ब्राइटनलाई २-१ अन्तरले हरायो।

प्रकाशित मिति: : 2022-03-06 06:46:00

प्रतिकृया दिनुहोस्