जहाँ हुन्छ लुटैलुट

राजधानी दैनिक

सागर पण्डित

‘लुट्नसके लुट कान्छा’ बोलको गीतले केही सरकारी निकाय र कर्मचारीका भ्रष्टाचारजन्य आचरण र लुट प्रवृत्ति चित्रण गरेको छ। सर्वसाधारणलाई प्रभावकारी सेवा दिन छोडेर भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुब्ने केही कर्मचारीप्रति गीतले व्यंग्य गरेको छ।

प्रभावकारी सेवा दिनुपर्ने निकाय र क्षेत्रमै बढी लुट र भ्रष्टाचार हुने तथ्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै औंल्याएको छ। अख्तियारका अनुसार सर्वसाधारणसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा, स्वास्थ्य, स्थानीय तह, भूमि व्यवस्था, गृह प्रशासन, वनजस्ता निकायमै सर्वाधिक लुट मच्चिने गरेको छ।

यसैगरी, राजस्व प्रशासन, सार्वजनिक निर्माण र खरिद, सामाजिक सुरक्षा वितरणजस्ता क्षेत्रमा पनि अत्यधिक भ्रष्टाचार हुने निष्कर्ष अख्तियारको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७७/७८ सम्मको ६ वर्ष अवधिमा आयोगमा परेका विभिन्न उजुरी विश्लेषणसहित तथ्य औंल्याइएको हो।

प्रकाशित मिति: : 2022-03-06 08:29:00

प्रतिकृया दिनुहोस्