‘पिर’को ऐनामा प्रचण्ड र उनका अनुयायीको अनुहार

अनलाइनखबर

ध्रुवराज अधिकारी

प्रकाश सपूतको ‘पिर’ गीतको कभर फोटोमा लेखिएको शब्द देख्ने बित्तिकै दिमागमा आउने अर्को शब्द हो ‘वीर’ । खासमा त्यो फोटोले ‘वीर’ र ‘पिर’ दुवैको कथा भन्छ । यसले परिवर्तनका लागि योगदान गरेका भुइँतहका नेपाली युवा युवतीको विगतलाई सम्मान गरेको छ । साथसाथै उक्त गीतको कथाले उनीहरूले भोग्नुपरेको वर्तमानको पीडाप्रति सहनुभूति प्रकट गरेको छ । गीतमा निराशा छ, पीडा छ, चित्कार छ । तर, पीडा, कुण्ठा, निराशा र चित्कार व्यक्त गर्न पनि आँट चाहिन्छ- शक्तिशालीका विरुद्ध जाने आँट ।

पीडा, कुण्ठा र निराशा शक्तिशालीले शक्तिहीनमाथि गरेको अन्याय र अत्याचारका प्रमाण हुन् । शक्तिशालीहरूले आफूले गरेको अन्याय र अत्याचारको प्रमाण मेटाउन पीडा, कुण्ठा र निराशाजस्ता शब्दलाई नकारात्मक अर्थ दिने गर्छन् ।

शक्तिशालीहरूको भाष्यमा अत्याचार र अन्याय गरिरहने उनीहरू आफू सकारात्मकताका चरमचुली हुन् । अन्यायका विरूद्ध कुण्ठा, पीडा र निराशा व्यक्त गर्नेहरू नकारात्मकताका नरककुण्ड हुन् । आज जसले प्रकाश सपूतको ‘पिर’ गीतको पक्षमा उभिनेलाई कुण्ठित र निराश भनेका छन्, उनीहरू माओवादी नेताहरूले नेपाली युवासित गरेको झूटको खेती, विश्वासघात र धोकाको प्रमाण मेटाउन चाहन्छन् । 

प्रकाशित मिति: : 2022-03-13 08:06:00

प्रतिकृया दिनुहोस्