दाङमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार 

दाङको घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार भएको छ।

हाप्किडो खेल सम्वन्धी प्रशिक्षण दिने उद्देश्यले नेपाल र भारतका प्रशिक्षकहरुको सहभागीता रहेको तीन दिने इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार सोमबार सम्पन्न भएको हो।

खेल क्षेत्रको विकाससँगै दुुई देशबीचको भातृत्व कायम राख्न सेमिनारले ठूूलो भूमिका खेलेको बताइएको छ। 

खेल हरेक नागरिकको स्वास्थ्यसँगै अनुशासित समेत बनाउने भएकाले युवाहरुलाई खेलकुदसँग जोड्न सेमिनार निकै सहयोगी बनेको इन्डियन हाप्किडो फेडरेशनका महासचिव रुपकमल नन्दीले बताए।

हाप्किडो खेल आत्म सुरक्षाका लागि समेत महत्वपूर्ण भएकाले पछिल्लो समय बालबालिकादेखि युवाहरुको राम्रो आकर्षण बढ्दै गएको दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिए।

३ दिनसम्म घोराहीमा चलेको सेमिनारमा सहभागीहरुलाई दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष घर्ती, केन्द्रीय सहायक प्रमुख प्रशिक्षक भुवन बुढामगर र प्रविण गुरुङलगायतले हाप्किडो खेलका बारेमा प्रशिक्षण दिएका थिए।

हाप्किडोको नियम, सेल्फ डिफेन्स, रेफ्रि, प्रीशक्षक, प्रशिक्षण तथा साउथ एशियामा हाप्किडोको विकासमा सेमिनार फलदायी बनेको दक्षिण एशियाली हाप्किडो महासंघका अध्यक्ष घर्तीले बताए। 

प्रशिक्षणमा नेपालका ३८ बढी जिल्ला र भारतका प्रशिक्षकहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: : 2022-03-14 19:52:00

प्रतिकृया दिनुहोस्