त्रिपुरासुन्दरीमा आधारभुत अस्पतालको शिलान्यास

त्रिपुरासुन्दरी नगरपालिकामा बन्न लागेको आधारभुत अस्पताल भवनको शिलायन्स गरिएको छ। 

नगरपालिका अन्तर्गत वडा नं १ मा पर्ने रल्लीमा कार्यवाहक नगरप्रमुख चन्द्राकुमारी बुढा र बिजि शृष्टी निर्माणका प्रोपराइटर तिलाकुमारी केसीले अस्पतालको संयुक्त रुपमा शिलायन्स गरेका हुन्।

नगरपालिका भित्रका जनतालाई आधारभुत स्वास्थ्य सेवा पुर्याउने उदेश्यले निर्माण हुन लागेको अस्पस्तालका लागि पहिलो चरणमा ३ करोड ५७ लाख बजेट विनियोजन भएको छ।

करिब पन्ध्र रोपनी क्षेत्रफलमा बन्न लागेको उक्त अस्पताल निर्माणको जिम्मा रेली गियर बुद्ध हिमाली र विजि शृष्टी निर्माणले संयुक्त रुपमा जिम्मा लिएका छन्।

तीन वर्षभित्रै अस्पताल भवन निर्माण कार्य पूरा गरिने निर्माण कम्पनीले जनाएको छ।

दोस्रो चरणको अस्पताल भवन निर्माणकालागि १३ करोड रकमको लागत अनुमान गरिएको बताइएको छ।

देशभरका ३ सय ९ स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पुर्याउने सरकारको लक्ष्य अनुरुप दुई वर्षअघि अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको थियो।
 

प्रकाशित मिति: : 2022-03-15 13:53:00

प्रतिकृया दिनुहोस्