युभेन्ट्स बाहिरियो, चेल्सी र भिल्लारियल अन्तिम आठमा

Photograph: Dave Winter/REX/Shutterstock
Photograph: Dave Winter/REX/Shutterstock

इटालियन क्लब युभेन्ट्स युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलबाट बाहिरिँदा इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब भिल्लारियल भने अन्तिम आठमा प्रवेश गरेका छन्।

युभेन्ट्स घरेलु मैदान टुरिनमा भएको  दोस्रो लेगममा ३–० अन्तर तथा समग्रमा ४–१ को हार बेहोर्दै युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएको हो। पहिलो लेगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।

बुधबार राति  भिल्लारियलको जितमा जेरार्ड मोरेनो, पाउ टोरेस र एर्नाउट डानजुमाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिदा भिल्लारियलले सबै गोल दोस्रो हाफमा गरेको थियो।

अर्को खेलमा चेल्सीले फ्रेन्च क्लब लिललाई २-१ अन्तरले हरायो। पहिलो लेगमा २-० अन्तरको जित निकालेको चेल्सीले समग्रमा ४-१ को जित हात पार्यो। 

दोस्रो लेगको खेलमा चेल्सी १-० अन्तरले पछि परेको स्थितिमा खेलमा फर्कन सफल भएको थियो। 

लिलको लागी  बुरक इलमाजको पेनल्टीमार्फत सान्त्वना गोल गर्दा  चेल्सीका लागि  क्रिश्टियन पुलिसिक र  कप्तान सेसर एपिलिकुएटा गोल गरे।

प्रकाशित मिति: : 2022-03-17 07:15:00

प्रतिकृया दिनुहोस्