युएईकाे नेपाललाई १६९ रनकाे लक्ष्य, सोमपाल र करणले लिए सात विकेट

आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा युएईले नेपालसमक्ष १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शुक्रबार भएको खेलमा युएईले ४६ दशमलव तीन ओभरमा अलआउट हुँदै एक सय ६८ रन मात्र बनाउन सक्यो। युएईका लागि रोहन मुस्ताफा र चन्दनग्पोयल रिजवानले ४०-४०, मोहम्मद वसिमले २१ र कासिफ दाउदले १८ रनको योगदान दिए। 

नेपालका बलर सोमपाल कामी र करण केसी चम्केपछि नेपालले युएईलाई मध्यम स्कोरमै रोक्न सफल भएको हो। सोमपालको नाममा चार र करणको नाममा तीन विकेट छ। सागर ढकाल, कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे।

प्रकाशित मिति: : 2022-03-18 15:01:00

प्रतिकृया दिनुहोस्