च्याम्पियन्स लिगको क्वाटरफाइनल ड्र सार्वजनिक, चेल्सी र रियल भिड्ने

File Photo
File Photo

युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र सार्वजनिक भएको छ।शुक्रबार भएको ड्र अनुसार साविक विजेता चेल्सी र रियल म्याड्रिड सेमिफाइनल प्रवेशका लागि भिड्ने भएका छन्।

त्यस्तै म्यानचेस्टर सिटीले एटलेटिको म्याड्रिडको सामना गर्दा भिल्लारियलले बायर्न म्युनिखको चुनौती पेस गर्नेछ।अन्तिम क्वाटरफाइनलमा बेन्फिका र लिभरपुल खेल्नेछन्।

क्वाटरफाइनल चरणका खेलहरू ५ र ६ अप्रिलमा पहिलो लिग र१२ र १३ अप्रिलमा दोस्रो लेग हुनेछ।सेमिफाइनलको पहिलो लिग २६ र २७ अप्रिलमा तथा दोस्रो ३ र ४ मेमा हुनेछ।च्याम्पियन्स लिगको फाइनल खेल फ्रान्सको पार्क डे प्रिन्समा २८ मेमा हुनेछ।

क्वाटरफाइनलस्:
चेल्सीविरुद्ध रियल म्याड्रिड
म्यानचेस्टर सिटीविरुद्ध एटलेटिको म्याड्रिड
भिल्लारियलविरुद्ध बायर्न म्युनिख
बेन्फिकाविरुद्ध लिभरपुल

प्रकाशित मिति: : 2022-03-18 17:15:00

प्रतिकृया दिनुहोस्