‘मन बुझ्न आउँदैछ चीन, नेपालको छैन तयारी’

अनलाइनखबर

काठमाडाैं

चीनका विदेशमन्त्री वाङ यी केही घण्टा पछि काठमाडौं आइपुग्दैछन् । उनी नेपाल आइपुग्ने समयमा नेपाल धेरैखाले भू–राजनीतिक जटिलताको वरिपरि छ । उनी तीनदिने नेपाल भ्रमणका लागि अफगानिस्तानबाट भारत हुँदै शुक्रबार नेपाल आउन लागेका हुन् ।

वर्तमान नेपालको सन्दर्भमा चीनले भारतलाई प्रतिस्पर्धी मान्दैन । नेपाली राजनीतिमा भारतलाई चीनले आफूलाई अप्ठ्यारो पार्ने शक्तिका रूपमा लिंदैन पनि । यसै पनि चीनको अर्थतन्त्रभन्दा भारतको अर्थतन्त्र ३०० प्रतिशतले सानो छ । सैन्य शक्ति, जनसंख्या, भूगोल, विश्वव्यापी पहुँचमा चीन भारतभन्दा निकै अघि छ । यी र यस्तै कारण हुन्, नेपालको सन्दर्भमा चीनले अमेरिकासँग प्रतिस्पर्धा गर्न अब भारतको बाटो हिंड्न छोडेको छ ।

उनीहरूको यो प्रतिस्पर्धा पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको पूर्वसन्ध्यामा देखियो । प्रतिस्पर्धाले निम्त्याएको परिणामस्वरुप नै हो, चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउन लागेको ।

सोभियत संघको पतनपछि विश्व एकध्रुवीय भयो भन्ने जुन परिभाषा थियो, त्यसलाई चीनले बदल्न खोजेको छ र विश्व पुनः दुई ध्रुवमा देखा पर्न लागेको छ । त्यसैले चीनको लागि अमेरिका नै सबैभन्दा ठूलो सरोकार हो जसरी अमेरिकाका लागि चीन ठूलो सरोकार । यदि नेपाल चीनको छिमेकी र तिब्बतसँग सिमाना जोडिएको हुँदैनथ्यो भने चीनका लागि यतिविघ्न चासोको विथ्यो ।विषय बन्दैन

प्रकाशित मिति: : 2022-03-25 11:03:00

प्रतिकृया दिनुहोस्