खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी वसन्त हरियाली क्लवलाई

एकता स्पोर्ट क्लब लेटाङ–२ को आयोजनामा जारी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी बसन्त हरियाली क्लव लेटाङ–९ जाँतेले प्राप्त गरेको छ।

शुक्रबार लेटाङ–२ को खेलमैदानमा द ब्वाइज क्लबसँग भएको फाइनल प्रतिस्पर्धामा १-० गोल अन्तरले पछि पार्दै वसन्त हरियालीले उपाधी उचालेको हो। 

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले लेटाङको खेलकुद क्षेत्रमा लागेका खेलाडीलाई अन्तरास्ट्रिय क्षेत्र सम्म लेटाङ र नेपालको नामलाई उच्च बनाईरहेको भन्दै अझै सफलताको शुभकामना दिएका छन्। खेल जीवनलाई स्वास्थ्य अनुसाशित बन्नका लागि भन्दै खेल लाई वृद्धि गर्नका लागि लेटाङ नगरपालिकाले रंगशाला निर्माण गर्ने योजना अघि सारेको जानकारी दिएका छन्। नगरले खेल जगत बिकासका लागि महत्वका साथ हेरिएकाले सबै खेललाई नगरले उत्तिकै महत्व दिएर  योजना बढाईरहेको बताएका छन्।

विजय टिमले २० हजार नगद सहित सिल मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वेलवारीले नगद १० हजार सहित सिल, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

लेटाङ नगरपालिका र वडा न २ को आर्थिक सहयोगमा भएको प्रतियोगितामा ८ टिमको सहभागि रहेको थियो। शुक्रबारकाे खेलमा विजेतालाई मेयर शंकर राई,  वडा–२ का वडाध्यक्ष तेज प्रसाद तिम्सिना, समाजसेवि बालकुमार ठकुरीलगायतले पूरस्कार बितरण गरे।

प्रकाशित मिति: : 2022-03-25 20:19:00

प्रतिकृया दिनुहोस्