डाेल्पामा एकैपटक दुई टावर निर्माण सुरु !

हिमाली जिल्ला डाेल्पामा एकैपटक दुई वटा टावरकाे निर्माण कार्य शुरु गरिएको छ।

जिल्लाकाे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने वडा नं १ काे कालाजुर र १० काे दापुमा इन्टरनेट सेवासहितकाे नमस्तेकाे टावर निर्माण सुरु गरिएको हाे।

भरपर्दो टेलिफोन सुविधा नहुँदा बर्षाैदेखि सास्ती खेप्दै आएका नगरबासीका लागि एकैपटक दुई टावर ठड्याउन लागिएको हाे।

कर्णाली प्रदेशसभा सदस्य बिरबहादुर शाहीकाे पहलमा टावर टावर निर्माण गर्न लागिएको स्थानीय युवा देबीसर बुढाले बताए।

नागरिककाे सञ्चार असुविधालाई मध्येनजर राखेर टावर ल्याउन लागि आफूले विशेष पहल गरेकाे सांसद शाहीले बताए।

टावर निर्माणस्थलकाे अवलाेकनसँगै नागरिकसँग छलफल गर्दै शाहीले अब छिट्टै नागरिकले घर आँगनबाटै फाेन सेवा लिन पाउने सांसद शाहीले बताए।

प्रकाशित मिति: : 2022-03-28 15:31:00

प्रतिकृया दिनुहोस्