पिएनजीविरुद्ध नेपाल टस हारेर ब्याटिङमा, आदिलको डेब्यु

त्रिदेशीय टी–२० शृंखलाको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध टस हारेर ब्याटिङ गर्ने भएको छ।कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेको हो।नेपाल लगातार तेस्रो जितको खोजीमा छ। 

पहिलो खेलमा सोमबार पीएनजीलाई १५ रनले पराजित गरेको नेपालले बुधबार मलेसियालाई ६ विकेटले पराजित भएको थियो। 

पीएनजी शृंखलामा पहिलो जित निकाल्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपाललाई नतिजा सुम्पिएको उसले दोस्रो खेलमा मलेसियासँग आठ रनले पराजित भएको थियो।

दुई खेलमा शीर्ष स्थानको नेपालको चार अंक छ भने समान दुई खेलमा दोस्रो स्थानको मलेसियाको दुई अंक छ। पीएजनी भने अंकविहीन छ। 

पीएनजीविरुद्धको खेलसँगै नेपालका आदिल खानले सिनियर टोलीबाट डेब्यु गर्दै छन्। पछिल्लो दुई खेलमा अवसर पाएका कुशल मल्ललाई भने बिहीबार आराम दिइएको छ।

प्रकाशित मिति: : 2022-03-31 12:41:00

प्रतिकृया दिनुहोस्