२६ बर्षे वीरेन्द्रको मेयरमा चर्चासँगै सुनबर्षीवासी उत्साहित !

दक्षिणी मोरङको सुनवर्षी नगरपालिका नेपाली कांग्रेसको ‘अभेद्य किल्ला’ को रुपमा रहेको छ।

२०७४ सालमा देशैभर वाम लहरको बाछिटा पर्दै गर्दा संघीय र स्थानीय चुनावमा सुनवर्षीले कांग्रेसको साख गुम्न दिएन। कांग्रेसका दिवंगत सभापति तथा पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विगतमा सुनवर्षी समेटिएको संसदीय क्षेत्रबाटै चुनाव जित्थे। कांग्रेसको त्यो विरासत जोगाउने अभिभारा आफुमा आएको एकजना २६ वर्षे ठिटो बताउछन्।

उसैपनि राजनीतिमा पाका नेताकै हालिमुहाली छ। अबपनि युवाले हस्तक्षेपकारी भुमिका निर्वाह नगर्ने हो भने राजनीतिमा जमेको फोहोर ज्युका त्युँ रहने उनको ठम्याइछ।


नेपाली कांग्रेसबाट दर्जन बढीले आकांक्षा देखाएपनि २६ बर्षीय बीरेन्द्रकुमार साह मेयर उम्मेद्वारका रुपमा सर्वाधिक चर्चामा छन्। साह नेपाली कांग्रेसका सम्भवतः मुलुककै कान्छो जिल्ला सदस्य हुन्। गत जिल्ला अधिवेशनमा खुल्लातर्फ अत्याधिक मत ल्याएर उनी मोरङ जिल्ला सदस्यमा निर्वाचित भएका थिए। पार्टीपंक्ति र बाहिरपनि ‘पपुलर’ बनेकै कारण सहजै टिकट पाउनेमा बीरेन्द्र विश्वस्त छन्।

धार्मिक र सामाजिक कार्यमा उनको लगाव अथाह छ। दीनदुःखीलाई सहयोग गर्ने कुरामा उनी मनकारी छन्। कोरोना महामारीको समयमा बीरेन्द्रको ‘सक्रियता’ असाधारण थियो। आफुलाई कुनै पर्वाह नगरी उनी मानवसेवामा खटेका थिए। विपन्नलाई राहत प्रदान र संक्रमितलाई अस्पताल भर्ना गर्न उनले कसर बाकी राखेका थिएनन्। आजपनि केहि समस्या पर्यो भने सुनवर्षीका धेरैले सम्झने नाम नै बीरेन्द्र साह हो। उनको परिचय संचारकर्ममापनि जोडिएको छ। उनी मोरङका गिनेचुनेका पत्रकार हुन् ।

 चुनाव आउँदा मात्रै सक्रिय हुनेहरुको भीडमा उनी अपवाद हुन्। पार्टीका नेता कार्यकर्ता तथा आम नागरिकसंग सम्पर्कमा रहने उनको दैनिकी नै हो। पार्टीप्रतिको समर्पण र बलियो नागरिक सम्बन्धकै कारण कलिलै उमेरमा बीरेन्द्र सिंगो नगरकै कमाण्ड गर्ने खासियत बनाउन सफल भएका हुन्। जसले मुर्तरुप पाउन, पहिला त उनले मेयर उम्मेद्वारको टिकट पाउनुपर्यो, चुनाबमा विजय हाँसिल गर्ने पाटो छदैछ। मेयर उम्मेद्वारकै रुपमा चर्चामा आएपछि उनी भन्छन् – पार्टीले मलाई बिश्वाश गरेको खण्डमा मेयरको उम्मेदवारी दिन तयारी हालतमा छु। मलाई सुनवर्षीका नागरिकहरुले पनि सेवा गर्ने मौका दिनु हुने विश्वास छ। जनहित भन्दा अर्को कुनै स्वार्थ छैन।

जीवनयात्राः
२०५२ चैत २२ गते मोरङको साविक अमरदह गाविस वडा न -२ सुगामा जन्मेका हुन्, वीरेन्द्र। कक्षा ६ मा पढ्दादेखि नै नेविसंघमा आवद्ध भएर चारतारे झण्डामुनि गोलबद्ध भएको उनी सुनाउछन्। वाक कलामा  खरो उत्रिने गरेकै कारण उनी धेरैको नजरमा ‘नोटिस’ हुने गरेका छन्। अमरदहस्थित वीरेन्द्र सार्वजानिक माविमा नेविसंघ सचिवमा मनोनित भएर राजनीतिक जीवन सुरु गरेका उनले त्योबेला हसन्दह बाल क्लबको नेतृत्व गर्नपनि भ्याएका थिए।

विद्यालय जीवनमा रहँदा उनी क्याम्पसको समस्यामा हल गर्नपनि अग्रसर रहन्थे। स्कुल होस् वा कलेज विद्यार्थी जीवनमा उनले नेतृत्वदायी भुमिका निर्वाह गरेको उनका सहपाठीहरु स्मरण गर्छन्।

कक्षा ९ मा अध्ययनरत रहेकै बेला  नेपाली कांग्रेसको क्रियाशिल सदस्यता पाएको उनी बताउछन्। कक्षा १० मा पढ्दा कांग्रेस अमरदह गाउँ समितिको सह–सचिव भैसकेका थिए। अमरदह  गाबिस सुनवर्षी नगरपालिकामा रुपान्तरण भएपश्चात उनी कांग्रेस नगर सचिवको भुमिकामा रहे। बीरेन्द्रले त्यसयता राजनीतिक फड्को मार्दै आएका छन्। पार्टीको जिल्ला सदस्य भएपछि उनको दौडधुपको ग्राफ उकालो लाग्दो छ।

हुनपनि वीरेन्द्रले लकडाउनको अवधिमा विमारीलाई एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक परामर्श सहितको कार्यमा आफ्नो तत्परता देखाएका थिए। दयनीय व्यक्तिको उपचारार्थ जुटाएर स्तुत्य काम गरेकोप्रति वीरेन्द्रसंग स्थानीयहरु गदगद छन्। उनले क्यान्सर पीडितलाई  बिराटनगरदेखि काठमान्डौंसम्म पुर्याएर निःशुल्क उपचार गराउन पटकपटक पहलकदमी लिएका छन्। वीरेन्द्रको उम्मेद्वारी चर्चासंगै धेरै कांग्रेसी युवालाई उत्साही बनाएको छ। सिंगो पालिकामा संगठन कमजोर नभएपनि लोकप्रिय अनुहारले टिकट नपाउँदा यसपटक जित हात पार्न नसकिने होकी भन्नेमा कांग्रेसजन उतिक्कै चिन्तित छन्।

सुनवर्षीको समकालीन राजनीतिमा वीरेन्द्रजत्तिको लोकप्रिय छवि भएका अनुहारलाई अघि सार्नुपर्नेमा धेरैको एकमत छ।  । अहिलेको परिस्थितिमा आफ्नो दाबी कुनै कोणबाट कमजोर नभएको उनी बताउछन्। 
‘मेरो प्रतिबद्धता जनताको मुहारमा खुसियाली ल्याने नै हो। कांग्रेसको मुल मर्म जे भन्ने हो त्यही गर्ने हो’ वीरेन्द्रले भने – हामी कम्युनिष्टको जस्तो झुटा आश्वासन बाँड्दैनौ। सुनवर्षीको विगत र वर्तमान अवस्थापनि त्यहि हो, अब यहाँ बदलाव जरुरी छ। नेपाली कांग्रेसलाई टुलुटुलु हेरिरहने छुट छैन।

प्रकाशित मिति: : 2022-04-02 19:42:00

प्रतिकृया दिनुहोस्