अनुरागी

मनको मयूर जब आठैं तालमा नाच्छ 
तर्कनाका शिखाहरु ध्वनि बनेर जाग्छ
शब्दजाल बुन्न खोज्छु सास बिगो राखी 
बनेर  एक मामुली सङ्गीत अनुरागी
उर्वशीको प्रेम प्रसङ्ग मनमा आउछ
तात्छ देह रनक्क, मसीले गुनगुनाउँछ 
आतुर मधुमासका स्वप्न जगमगाउँदा
झङ्कार छुटेर इन्द्रआसन डगमगाउँछ 
वियोगका वेगहरु बिम्वमा टल्किन्छन्
वीरगाथाका संवेग माटोमा झल्किन्छन्
खुम्चिएर सेरहरु नागवेली बनिदिदा 
अधुरा भावका पाना धूनीमा सल्किन्छ

प्रकाशित मिति: : 2022-04-09 15:47:00

प्रतिकृया दिनुहोस्