हप्तामा दुई दिन बिदा दिँदा कसरी हुन्छ पेट्राेलियम पदार्थकाे खपत ?

Breaknlinks
Breaknlinks

नेपालको मात्र भई विश्वकै सन्दर्भलाई हेर्ने हाे भने सबैतिर पेट्राेलियम पदार्थकाे अभाव छ। ठूला–ठूला मुलुकदेखि लिएर स–साना मुलुकहरु समेत पेट्राेलियम पदार्थकाे अभाव र महंगीसँग जुधिरहेका छन्। अन्य विभिन्न कारणले उत्पन्न पेट्राेलियम पदार्थकाे समस्या रुस–युक्रेनको युद्धपछि झनै चर्किएकाे छ। अमेरिका र साउदी अरेबिया पछिको तेस्रो ठूलो पेट्राेल उत्पादन गर्न देश हो, रूस। त्यसैले उक्त युद्धकाे सुरूवातपछि पेट्राेलियम पदार्थकाे उत्पादनमा कमी आएकाे हाे।

विश्व बजारमा भएकाे यही हलचलले नेपालमा पनि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्। सञ्चारमा माध्यमदेखि सामाजिक सञ्जाल, चिया पसललगायतमा पनि यही विषयमा बहस चलिरहेकाे छ। नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे खपत कम हुने भन्दै हप्तामा दुई दिन बिदा दिने प्रस्ताव ल्याएकाे छ। हप्तामा दुई दिन बिदा दिँदा पेट्राेल र डिजेलकाे खपत कसरी कम हुन्छ ? मात्र दुई दिनको बिदाले गर्दा नेपालमा पेट्राेल, डिजेलको खपत कम हाेला त ?

दुई दिने बिदाको असर कस्तो ?

अहिले नेपालको आर्थिक स्थिति हेर्दा एकदमै कहालीलाग्दो अवस्थामा रहेको छ। आर्थिक स्थितिले गर्दा यहाँ पेट्राेल, डिजेलकाे अभाव हुन पुगेकाे छ। नेपाल आयल निगमले चैत १५ गते पेट्राेल, डिजेलको खपत कम गर्नेकाे लागि दुई दिन बिदा दिनुपर्ने प्रस्ताव ल्याएपछि चैत १६ गते काठमाडौँ, भक्तपुर र लातिपुरका कुनै पनि पेट्राेल पम्प कुनै खाली थिएन्। मध्ये रातमा समेत मानिसहरू लाइनमा बसेका थिए। अझ कति पम्पहरुमा पेट्राेलय सकिएर बन्द गर्न पर्न अवस्था आएकाे थियो। शनिबार बिहानदेखि लाइन बसेका सर्वसाधारणहरुमध्ये कोही पेट्राेल पाएर फर्किए भने कति निराश हुँदै रित्ताे हात फर्कनु पर्‍याे।

नेपालमा पनि अन्य मुलुकहरुको जस्तो विद्युतीय गाडी भएको भए आज नेपाल यो अवस्थमा पुग्ने थिएन। अहिले केही संघ संस्था तथा कार्यालयहरूले शनिबार र आइतबार गरी दुई दिन बिदा दिएका छन्। सरकारले गरेको जोर–विजोर प्रणाली सबै मानिसमा लागू हुन्छ भन्ने हुँदैन। कुनै पनि कर्माचारी एक दिन अफिस जाने अर्काे दिन नजाने भन्ने हुँदैन। र, जोर–विजोर प्राणाली लागू गर्दा गाडी भाडा पनि बढ्ने गर्छ, जसकाे असर सिँधै सर्वसाधारणमा पर्ने गर्छ। दुई दिने बिदामा पेट्राेल, डिजेल खपत कम हुन्छ र ती दिनमा आयात भएको पेट्राेल, डिजेल अन्य दिनमा प्रयाेग गर्न सकिन्छ। स्थिति राम्रो नभएसम्म दुई दिने बिदा दिने हाे भने देश गम्भीर अवस्थामा पुग्ने छैन। दुई दिन उत्पादन भएको पेट्राेल अरु ४ दिनसम्मा प्रयोगमा ल्याउन सकिन्छ।

नेपालमा यस्तो हालत अहिले मात्र हुन्छ भन्ने छैन, यसको लागि सबैभन्दा राम्रो उपाय भनेकाे विद्युतीय सवारीको उत्पादन गर्नु हो। यदि विद्युतीय सवारीकाे प्रयाेगलाई बढाउने हाे भने देशकाे हालत अहिलेकाे जस्ताे हुँदैन जसबाट पनि सर्वसाधारण पनि मर्कामा पर्दैनन्। नेपाल सरकारले २०७९ सालको पहिलाे दिन वैशख १ अर्थात् हिजाेबाट काठमाडौँ उपत्यकाकाे भाडादर वृद्धि भएकाे छ। भाडा वुद्धिकाे निहुँ उही हाे पेट्राेलियम पदार्थकाे चर्काे मूल्य।

यदी नेपालमा हप्ताकाे दुई दिन बिदा दिने हाे भने पेट्राेलकाे सदुपयाेग हुने गर्छ। यसकाे सदुपयाेग राम्राेसँग भएकाे पनि यसरी अहिलेकाे अवस्थाभन्दा झन कहालीलाग्दाे अवस्था सिर्जना नहाेला भन्न सकिँदैन। यो भन्दाअघि नै हामीले भारतले गरेकाे नाकाबन्दी भाेगेर आइसकेका छौँ। त्यस बेलादेखि नेपाल सरकारले यसबारे केही ठोस निर्णय निकाल्न सकेको भए आज मुलुको यस्तो अवस्था हुने थिएन्।

अहिलेको यो अवस्थामा ठूलो हात भने नेपाल आयाल निगमको रहेको छ। निगमले यदि बेलैमा यसबारे सर्वासाधारणलाई सचेत गराएकाे भए आज देशको हालत यति भयवाह हुने थिएन। यहाँ दुई वटा गाडी हुनेहरुको गाडीमा फुल पेट्राेलय हुन्छ। तर, साँच्चै मर्कामा परेका सर्वासाधारणहरु भने दिनभर पेट्राेलको लागि लाइन बस्दा पनि खाली हात फर्किन परेको छ।

प्रकाशित मिति: : 2022-04-15 20:15:00

प्रतिकृया दिनुहोस्