सी डिभिजन मताधिकारमा पंकज पक्षको पकड

File photo
File photo

अखिल नेपाल फुटबल संघ (एन्फा) को ६ असारमा हुने निर्वाचनका लागि सी डिभिजन लिगबाट मताधिकार पाउने नौ क्लबको टुंगो लागेको छ।सी डिभिजनका १४ मध्ये नौ क्लबले मताधिकार पाउने वैधानिक व्यवस्था छ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा निर्धारित समयभन्दा ढिला भएको निर्वाचनबाट आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा रहेका वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ पक्षका आठ र वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षको एक क्लबले मताधिकार पाएको दाबी गरिएको छ।

सी डिभिजन लिगमा वर्तमान वरिष्ठ उपाध्यक्ष नेम्बाङको पक्षमा रहेको दाबी गरिएका आठ क्लबहरू खालीबारी युथ, मनोहरा एकीकृत युथ, प्लानिङ ब्वाइज युनाइटेड, स्वयम्भु, आरसी ३२ फुटबल एकेडेमी, महावीर स्टडिज एन्ड एसोसिएसन, वीरगंज युथ एकेडेमी र पुल्चोक स्पोर्ट्स क्लबले मताधिकार पाए।

यसैगरी अध्यक्ष पदमा निरन्तरताको लक्ष्यसहित उम्मेदवारी दिने तयारीमा रहेका शेर्पा पक्षको समाज कल्याण क्लबले पनि मताधिकार पाएको छ। समाज कल्याण क्लबसँग ७-७ भोटको बराबरी भएपछि ‘टस’मा झापा दुर्भाग्शाली सावित भयो।

सी डिभिजनबाट मताधिकारका लागि १४ टोली प्रत्यासी थिए।तीमध्ये झापासँगै रानीबन, सानोपा, स्याङ्जा र ओसिस क्लबले मताधिकार पाएनन्। एन्फाको केन्द्रीय निर्वाचनमा ४८ मध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन्।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब छन् । यस्तै खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन्।

प्रकाशित मिति: : 2022-04-15 16:41:00

प्रतिकृया दिनुहोस्