पुलिस फाइनलमा, उपाधिका लागि एपीएफसँग खेल्ने

आयोजक वनदेबी युवा क्लबलाई ३-० अन्तरले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार जितसंगै पुलिसले उपाधिका लागी अर्को बिभागिय टोली एपीएफ फुटबल क्लबसंग खेल्नेछ। फाइनल शनिबार हुनेछ। 

पुलिसलाई फाइनलमा पुर्‍याउनका लागि निर्मला विकले दुई तथा रेखा पौडेलले एक गोल गरिन्। 

पहिलो हाफ गोल रहित बराबरी खेलेको पुलिसले दोस्रो हाफको ४ मिनेटमा अग्रता कायम गर्यो। खेलको ४९ औं मिनेटमा गोल गर्दै निर्मलाले पुलिसलाई अग्रता दिलाईन्।

५६ औं मिनेटमा रेखाले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको ६५ औं मिनेटमा निर्मलाले व्यक्तीगत दोस्रो गोल गर्दै पुलिसलाई तीन गोलको स्पष्ट अग्रता दिलाईन्।

 त्यसपछि कुनै पनि टीमले गोल गर्न सकेन्। र पुलिस सानदार जित सहित फाईनल पुग्न सफल भयो। 

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेकी पुलिसकी निर्मला विक प्लेयर अफ द म्याच भइन्। उनले नगद ५ हजार सहित ट्रफी पाइन्।

प्रकाशित मिति: : 2022-04-21 21:15:00

प्रतिकृया दिनुहोस्