काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्वाचित भएका छन्।
जिल्ला फुटबल संघको शुक्रबार बसेको बैठकले शाहीको नेतृत्वमा १५ सदस्यीय निर्विरोध कार्यसमिति चयन गरेको हो।यसअघिसमेत उनी नै अध्यक्ष थिए।
कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदीप लामा छन्।यस्तै, सदस्यहरूमा राधाकृष्ण महर्जन, अजव श्रेष्ठ, पूर्णमान सिंह, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत, काजीमान कङ्दवा र महिला सदस्यमा दिपाकुमारी खड्का निर्वाचित भए।
एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन्। १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये नौवटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन्। एन्फाको केन्द्रीय निर्वाचन ६ असारमा हुने तय भएको छ।