सोलुखुम्बुका अनिता राईले ‘चौथो मुन्दुम ट्रेल रेस' महिला तर्फ प्रथम भएकी छिन। त्यस्तै पुरुषतर्फको पहिलो स्थान सुमन कुलुङ राईले जितेका छन । अनिता राईले ५ घण्टा ४१ मिनट ९ सेकेन्डमा ४५ किमीको दुरी पार गरेकी थिईन।
त्यस्तै दोस्रो स्थान हासिल गरेकी सविना राईले ५ घण्टा ४२ मिनट ३ सेकेन्ड र तेस्रोमा पदमकुमारी सुनुवारले ५ घण्टा ४४ मिनट २५ सेकेन्ड, चौथोमा अनिता राईले ५ घण्टा ४७ सेकेन्ड र पाचौ स्थानमा छेन्वीमाया राईले ६ घण्टा २५ मिनट २९ सेकेन्डमा पुरा गरेका थिए।
त्यस्तै पुरुष तर्फ पहिलो हुने सुमन कुलुङ राईेले ४ घण्टा २७ मिनट ५४ सेकेन्ड ४४ मिलिसेकेन्ड, दोस्रो हुने राजन मेयोङ्गवाले ४ घण्टा २७ मिनट ५४ सेकेन्ड ५५ मिलिसेकेन्ड, दुर्गा बुढा मगरले ४ घण्टा २९ सेकेन्ड ४ सेकेन्डमा पुरा गरेका छन ।
गोबिन्द कार्की र उमेर राई चौथौ र पाँचौ स्थान हासिक गरेका छन । ४० वर्षमाथीका ट्रेल रेस अन्तर्गत धनकुटाका टेक वहादुर थापा, भोजपुरका सुरे्न्द्र कुमार राई, खोटाङका दुर्गाधन राई क्रमश प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गरेका छन ।
भोजपुरका इन्दिरा राई प्रथम भईन । प्रतियोगितामा टिम इभेन्टतर्फ मिरा राई ईनिसियटिभ, आर्मी टिम र धरान रन टीम क्रमश पहिलो , दोस्रो र तेस्रो भएका छन । ट्रेल रेस विजेतालाइ क्रमश पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने महिलारपुरुष दुवैलाइ रु ५० हजार, ४० हजार ,३० हजार, २० हजार र १० हजार पुरस्कार राशी सहित प्रमाण पत्र ट्रेल रेसका प्रमुख अतिथि चर्चित धाविका मिरा राई र टेम्के मयुङ गाउँपालिका प्रमुख ध्रुव राईले संयुक्त रुपमा हस्तानतरण गरेका थिए राखिएको आयोजकले वताएको छ ।
त्यस्तै ४० वर्ष माथिको वेटेरान तर्फ १५ हजार , १० हजार र ५ हजार पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । राखिएको छ। टिम इभेन्टतर्फको विजेताले क्रमश पहिलो , दोस्रो र तेस्रो हुनेले ट्रफि सहित रु १० हजार, ८ हजार र ५ हजार पाएका छन ।
त्यस्तै खुट्टा दुखेको कारण चप्पलमा प्रतियोगितामा भाग लिएर रेस पुरा गरेकोमा नमुना राईलाई क्रेजी रनरको उपाधि दिएका थिए। ४५ किमी लामो दुरीको रेस भोजपुरको बागखोर (२२०० मि ) बाट सुरु भएर ३१०० मिटरको डाडा हुँदै खोटाङ्गको सकेला तावाभञ्ज्याङ (१८०० मि) मा पुगेर टुङ्गिएको थियो ।
रिमाचुङ्ग एजुकेशन एण्ड स्पोर्टस एकेडेमी भोजपुरले आयोजना गरिने प्रतियोगिता टेम्के मयुङ गाउँपालिकाको आर्थिक सहयोग रहेको थियो ।