एन्फा उपाध्यक्ष राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयर उम्मेदवार 

अखिल नेपाल फुटबल संघ ९एन्फा० का उपाध्यक्ष किशोर राई गठबन्धनको तर्फबाट धरान उपमहानगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्।  सत्ता गठबन्धनअन्तर्गत नेपाली कांग्रेसबाट राईले उम्मेदवार बनेका हुन्।

उम्मेदवारी दर्ताका लागि आफू अहिले धरानतर्फ हिडेको राईले न्युज कारखानालाई बताए। राई एन्फाका मनोनित उपाध्यक्ष हुन्। २०७४ सालमा हालका एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई जिताउन प्रदेश एकबाट उनी महत्वपूर्ण भूमिकामा थिए।  

यस्तै, राई एन्फा प्रदेश नम्बर एकका संयोजकसमेत हुन्। राई नेपाली कांग्रेस धरानका पूर्व नगर सभापति हुन्। 

प्रकाशित मिति: : 2022-04-25 14:25:00

प्रतिकृया दिनुहोस्