राजनीतिबाट टाढा थिइनँ, पद नलिएकी मात्र हुँ : सिर्जना सिंह

अनलाइनखबर

काठमाडौं

 नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार चयन गर्दै गर्दा सिर्जना सिंहको नाममा खासै छलफल गर्नुपरेन ।

नेता प्रकाशमान सिंहको इच्छालाई काठमाडौं महानगर समितिले अस्वीकार गर्ने अवस्था थिएन । सिंहलाई उम्मेदवार चयन गर्ने निर्णयप्रति आपत्ति जनाउने नेता कार्यकर्ता पनि देखिएनन् । त्यसैले फेरि सक्रिय राजनीतिमा फर्किने सिर्जनाको इच्छा सजिलै अनुमोदन भयो ।

३२ वर्ष सक्रिय राजनीतिबाट टाढा रहेकी सिंह काठमाडौं महानगरपालिकाको मेयर बन्ने दौडधुपमा छिन् । उम्मेदवारी दर्तासँगै उनको व्यस्तता बढेको छ । उनलाई गठबन्धनको उम्मेदवार मान्न तथा विजयी गराउन सत्ता घटकका अरु दल पनि लागेका छन् । 

प्रकाशित मिति: : 2022-04-29 19:45:00

प्रतिकृया दिनुहोस्