राष्ट्रिय खेलकुद : कर्णालीले २७ खेलमा भाग लिने

File photo
File photo

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा कर्णाली प्रदेशले २७ खेलमा सहभागिता जनाउने भएको छ। 

खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कर्णालीबाट ५ सय ६० जनाको सहभागिता रहने छ।

खेलाडी छनोट र बन्द प्रशिक्षणका लागि कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश खेलकुद परिषद्लाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ। 

खेलाडीसहितको टोलीलाई आवश्यक पर्ने खेल सामाग्री, पोसाक र किट ब्याग खरिदका लागि सार्वजनिक सूचना समेत आह्वान भइसकेको छ।

बन्द प्रशिक्षण जेठ २ गतेबाट सुरु हुने छ। नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म हुने छ।

प्रकाशित मिति: : 2022-05-01 17:39:00

प्रतिकृया दिनुहोस्