६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी

file photo
file photo

निर्वाचन आयोगले हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरेको जनाएको छ। 

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि सो परिमाणमा मतपत्र ढुवानी गरिएको हो। 

काठमाडौंबाट एकै दिनमा ढुवानी गर्न सकिने मधेस प्रदेश र बागमती प्रदेशका केही जिल्लामा मतपत्र ढुवानी गर्न बाँकी आयोगले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-02 19:40:00

प्रतिकृया दिनुहोस्