भाेट तान्न भक्तपुरमा कम्बल र थर्मस बाँड्दै दलहरू

स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलका उम्मेदवारहरू मतदातालाई प्रभावित पार्ने अभियानमा लागेका छन्।

मतदाता आकर्षित गर्न भक्तपुरका सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा राजनीतिक दलहरुले सामान बाँडेको पाइएको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुई नगरपालिकामा सामान बाँंडेपछि रोकेको जानकारी गराइन्।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरको आयोजनामा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीसहितको पत्रकारसँंग मंगलबार गरेको निर्वाचनबारे अन्तरक्रिया कार्यक्रममा शर्माले एक ठाउँंमा बाँंडिरहेको र अर्को ठाउँंमा बाँंड्ने थाहा पाएपछि रोकिएको उल्लेख गरिन्। 

‘एक ठाउँंमा राजनीतिक पार्टीले निर्वाचन लक्षित सामान बाँंडिरहेको खबर पाएपछि स्थानीय प्रहरी परिचालन गरी रोकियो,’ उनले भनिन्,‘त्यहाँं कम्बल र थर्मस वितरण गरिएको रहेछ।’ अर्को ठाउँंमा भोलि कार्यक्रम हुने र त्यहाँं सामान पनि वितरण गरिने जानकारी पाएपछि कार्यक्रम नै गर्न नदिएको उनले सुनाइन्। 

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठले जिल्लामा अहिलेसम्म १८ वटा आचारसंहिता विपरीतका घटना भएको जानकारी गराए।

प्रहरीलाई जानकारी भएपछि त्यस्ता घटना हुन नदिएको उनले बताए। कतै प्रहरी पुगेर सम्झाइबुझाइ गरेपछि समस्या समाधान भएको र कहीँ भने अटेर गरेको पाइएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2022-05-03 15:44:00

प्रतिकृया दिनुहोस्