असफल बनेका फागो फेरि मतदाता झुक्याउँदै !

मोरङको उर्लाबारीलाई कुनै समय जिल्लाकै दोश्रो ठुलो सहरको रूपमा परिचित गराईन्थ्यो। जिल्लाका अन्य शहरहरू पथरी, बेलबारी, सुन्दरहरैचा उर्लाबारीभन्दा पछाडी नै थिए। तर समय फेरिएको छ। हरेक हिसाबले अहिले उर्लाबारीलाई जिल्लाका अन्य शहरहरूले पछाडी पारेका छन्।

संघीय सरकारले दिने बजेट होस् वा शहरीकरण सबै हिसाबले उर्लाबारीलाई अन्य सहरले पछाडी पारिसकेका छन्। उर्लाबारी अहिले मोरङ जिल्लामा चौथो पाँचौ स्थानमा पुगेको छ। उर्लाबारी पुरानो ठाउँ भएपनि यस ठाउँलाई समृद्धिको यात्रा डोर्याउने सफल नेतृत्व नहुँदा उर्लाबारी पछाडी परेको हो।

०७४ साल असारमा स्थानीय तहको निर्वाचनमार्फत स्थानीय सरकार निर्माण भएपछि अब उर्लाबारीले काँचुली फेर्ने आम उर्लाबारीबासीले आशा र भरोसा गरेका थिए। नगरपालिकको नेतृत्व गरेका नेपाली काँग्रेसबाट निर्वाचित खड्ग फागोको नेतृत्वदायी भुमिका र विकासको भिजन नहुँदा उर्लाबारी नगरपालिका झनै पछि पर्दै गएको छ।

पाँचवर्षे कार्यकालमा उर्लाबारीको विकास र समृद्धिमा कुनै काम नगरेका फागो यतिबेला पुन म निर्वाचित भएभने विकासको लहर ल्याउँछु भनेर मतदातालाई झुक्याउँदै हिडेका छन्। उर्लाबारी– ४ की अस्मिता राजवंशीले नगरपालिकामा खड्ग फागोले विभेद गर्ने गरेको सुनाईन्। विकाश निर्माणको काम होस् वा अन्य काममा नगरपालिका जाँदा फागोले विभेद गर्ने गरेको सुनाईन्।

पछिल्लो पाँच वर्षमा फागो निकै विवादित समेत बने। मिक्लु खोला काण्ड, उर्लाबारी– १ टप्पुको रूख कटान काण्ड, लकडाउनमा सर्वसाधरण र व्यापारीलाई भाटे कारबाही, बाँस्तोला घटना, पटक–पटक कार्यपालिका र नगरसभामा विवाद, अदालतमा मुद्धा लगायतले फागो विवादित बने। एकलौटी ढंगले फागो जर्बजस्ती अघि बढ्दा नगरपालिकको काम ठप्प भएर जनताले दुख समेत पाए। अन्ततः उच्च अदालत विराटनगरले फागोको एकलौटी कदमलाई गलत सावित गर्दै पुनः नगरसभा गर्न आदेश दियो। फागोका एकपछि अर्को गल्तीका कारण उर्लाबारी विकासका मामिलामा पछि पर्दै गएको हो। फागोले कसैसँग समन्व्य नगर्ने, आफुले बोलेको मात्र सही अरूका सबै कुरा गलत भन्ने सोचले उर्लाबारीबासी दिक्क भएका छन्। 

फागोले उर्लाबारी नगरपालिकाको नेतृत्व गर्दा ५ बर्षे कार्यकालमा नगरको स्तरबृद्धिमा कुनै काम गर्न नसकेको नागरिकको गुनासो छ। यो पाँच वर्षको अवधिमा विकाश र समृद्धिमा काम गर्ने राम्रो अवसर फागोले खेर फालेको स्थानीयबासीको बुझाई छ।

वर्षायामको समयमा उर्लाबारी नगर क्षेत्र बाढीले जलमग्न हुन्छ। ढल निकास तथा व्यवस्थापन गर्न सकिने भएपनि माखो नमरेको एक स्थानीयले बताए। उनका अनुसार बजार विस्तार गर्ने काम हुन सकेन। कृषिमा उल्लेख्य काम गर्न सकिन्थ्यो केही गरेको देखिएन। उर्लाबारी बजारको विकाश र बिस्तारको लागि अपरिहार्य रहेको उर्लाबारी – मधुमल्ला सडकको हालत जस्ताको त्यस्तै छ।

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन सकिएन। नगरको पहिचान गराउने कुनै योजना हुन नसकेको नागरिकको गुनाशो छ। चुनावको बेला मतदाताकोमा पुगेर चिल्ला र गुलियो कुरा गर्ने जितेपछि ५ वर्ष मतदातालाई बिर्सने फागोको बानीलाई आफुहरूले बुझिसकेको एक मतदाताले बताएका छन्।

प्रकाशित मिति: : 2022-05-05 19:37:00

प्रतिकृया दिनुहोस्