मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी- २० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ।
सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो।
मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए। यस्त केइरन पोलार्डले १५ रनको योगदान गरे। कोलकाताका प्याट कमिन्सले ३ विकेट लिए।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभर ९ विकेट गुमाएर १६५ रनक योगफल तयार पारेकाे थियाे।
कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन बनाए। अजिन्का रहानेले २५ रनको योगदान गरे। मुम्बईका जस्प्रित बुम्राहले ५ विकेट लिए।
जितसँगै कोलकाता १२ खेलबाट १० अंक जोडेर सातौ स्थानमा छ। मुम्बई ११ खेलमा ४ अंक जोडेर पुछारमा छ।