माओवादीका युवा नेता ललित घर्तीमगरद्वारा पार्टी परित्याग, अब स्वतन्त्र उम्मेदवारलाई सघाउने

सुनछहरी गाउँपालिकाका उपाध्यक्ष तथा माओबादी केन्द्रकी नेत्री पवित्रा घर्तीमगरका भाइ तथा वाइसिएल सुनछहरी–२ भित्रिगामका अध्यक्ष ललित घर्तीमगरले नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

तीन दलीय संयुक्त गठबन्धनकाे चुनावी सभामा उनले माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्। संयुक्त गठबन्धनलाई सहयाेग गर्ने समेत उनले बताएका छन्। उनीसँगै खिम बुढामगरले पनि एमाले राेजेका छन्। 

सुनछहरीमा तीन दलिय गठबन्धन (एमाले, नेकपा र काङ्ग्रेस)काे चुनावी सभा सहिद गाउँ जेल्बाङमा सम्पन्न भएकाे छ।

फगाममा हुने अर्काे कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरू सन्जिव, उभार र एमालेका नेता जयप्रकाश बुढालगायतले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ।

प्रकाशित मिति: : 2022-05-10 15:00:00

प्रतिकृया दिनुहोस्