तुलसीपुर–१७ वडाध्यक्षमा आज मनाेनयन, ३ जेठमा मतदान

दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा वडाध्यक्षका लागि आज मनाेनयन दर्ता हुँदैछ।

एमालेबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि आज बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय ताेकिएकाे छ।

बिहीबार साँझ ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले जानकारी दिए।

तुलसीपुर १७ वडाध्यक्षका लागि ३ जेठमा  मतदान हुनेछ। अन्य क्षेत्रका लागि मंगलबार मध्यरातिदेखि माैन अवधि सुरु भइसकेकाे छ। तर, तुलसीपुर-१७ का हकमा ३१ वैशाखदेखि मौन अवधि सुरु हुनेछ।

प्रकाशित मिति: : 2022-05-11 07:22:00

प्रतिकृया दिनुहोस्