नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरी घोषित नयाँ पार्टी नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन्।
उनलाई पोखराबाट कोहलपुर जाँदै गर्दा बिहीबार बिहान पाँच बजे दाङको भालुवाङबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनलाई भालुवाङमै राखेको छ।
संयाेजक बाँस्तोलालाई षडयन्त्रमूलक तरिकाले गिरफ्तार गरिएको भन्दै तुरुन्त रिहा गर्न नेकपाका नेताहरूले माग गरेका छन्।
बुधबार बुटवलमा बम विस्फोट गराएको आशंकामा प्रहरीले उनलाई गिरफ्तार गरेको जनाइएको छ। त्यहाँ नेकपा माओवादी क्रान्तिकारीको पर्चा भेटिएको थियो। त्यही निहुँमा बाँस्तोलालाई पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएकाे छ।